Loading...
बिहान उठ्ने वित्तिकै खाली पेटमा पानी पिए विभिन्न किसिमका फाइदा लिन सकिन्छ । यसबाट पेटजन्य रोग लाग्नबाट पनि बचिन्छ ।
बिहान पानी पिउँदा रगत शुद्ध गर्ने देखि लिएर विभिन्न फाइदा प्राप्त हुन्छ । हरेक दिन बिहान खाली पेटमा कम्तीमा पनि एक गिलास पानी पिउनु आवश्यक छ ।
बिहान उठेर पानी पिउनुका ५ फाइदा
– बिहानै उठेर पानी पिउँदा शरीरभित्र रहेका हानीकारक तत्व सफा हुन गई रगत सफा हुने र छालासमेत स्वस्थ भई चमक आउँछ ।
– बिहानै पानी पिउँदा शरीरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुनेछ भने जसले शरीरका मांसपेशीलाई समेत बलियो बनाउँछ ।
– खाली पेटमा पानी पिउँदा मेटाबोलिज्म सक्रिय हुन्छ भने शरीरको तौल घटाउन पनि मद्दत गर्छ ।
– कब्जियतका समस्या हुँदैन । बिहान पेट सफा भएपछि खाएको कुराले शरीरलाई पूर्ण पोषण र शक्ति प्रदान गर्छ । कब्जियत नभएपछि पेटमा अन्य रोग लाग्ने सम्भावना न्यून हुन्छ ।
– बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ ।
Loading...
Post a Comment