Loading...
अहिलेका मानिस मुश्किलले ६०–७० वर्षको उमेरसम्म बाँच्ने गर्दछन् । ७०–८० को उमेरपछि हरेक वृद्धवृद्धा आफ्नो मृत्युको प्रतिक्षा गरिरहेको देख्न पाइन्छ र आफ्नो अन्तिम समयका बारेमा सोच्न थाल्छन् । तर, यहाँ एउटा घटना ठिक त्यसविपरीत देखिएको छ।
यहाँ त्यस्ता व्यक्तिका विषयमा उल्लेख गरिँदैछ, जो पछिल्लो १८१ वर्षदेखि जिवित छन् र आफ्नो मृत्युको प्रतिक्षा गरिरहेका छन् । भारतको वाराणसी निवासी महाष्टा मुरासी नामका यी वृद्ध कयौ वर्षदेखि मृत्युको प्रतिक्षमा छन् । मुरासी भन्छन्–मृत्युले मेरो घरै भूल्यो । म मृत्युको प्रतिक्षा गरिरहेको छु, तर उ आउने नामै लिँदैन । मुरासीका अनुसार उनको जन्म जनवरी १८३५ मा बेंगलुरुमा भएको थिय
सन् १९०३ मा मुरासी वाराणसी आए र त्यसपछि यही छन् । उनले १२२ वर्षसम्मको उमेरसम्म एउटा मोचीको काम गरे । यो कामबाट मुरासी सन् १९५७ मा निवृत्त भए । उनको उमेरलाई ध्यानमा राखेर मानिसहरु उनलाई दैवीय शक्ति मान्छन्। महाष्टा मुरासीले कयौपटक अधिकारीहरुलार्य आफ्नो जन्मको प्रमाणपत्र र पहिचानपत्र पनि देखाइसकेका छन् । कयौपटक उनको मेडिकल टेस्ट पनि गरिसकिएको छ, तैपनि उनको वास्तविक उमेरका पिवषयमा चिकित्सकहरु अहिले पनि सशंकित छन् । चिकित्सकहरु मुरासीलार्य भगवानको रहस्य नै मान्छन् ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top