Loading...
सिटी स्क्यानको अभावमा महँगो मूल्य तिर्दै आएका न्यून वर्गका बिरामीले अब भने सरकारी अस्पतालमै सिटिस्क्यानको सेवा लिन पाउने भएका छन्

चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालमा १२८ स्लाइसको अत्याधुनिक सिटिस्क्यान मेसिन ल्याउने प्रक्रिया सुरु भएको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनी र हस्पिटेक इन्टरप्राइजेज प्रालिबीच उपकरण ल्याउने सम्झौता भएपछि निर्माण प्रक्रिया सुरु भएको हो ।

टेन्डर स्वीकृत भएसँगै सम्बन्धित कम्पनीसँग अस्पतालमा मेसिन ल्याएर जडान गर्ने गरी सम्झौता भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मरासिनीले जानकारी दिनुभयो । सफल हस्पिटेक इन्टरप्राइजेज प्रालिले केही महिनाभित्र अस्पतालको पुरानो अप्रेसन कक्षभित्र सिटिस्क्यान मेसिन सेटअप गरी अस्पताललाई हस्तान्तरण गर्ने बताइएको छ ।

सिटिस्क्यान मेसिन खरिदका लागि सरकारले ८० प्रतिशत रकम खर्च व्यहोर्ने छ भने, भरतपुर अस्पताल विकास समितिले २० प्रतिशत खर्च व्यहोर्ने छ ।

करिब रु छ करोड ५० लाखमा उपकरण खरिद गर्न लागिएको हो । भरतपुर अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टरसमेत सुरु भइसकेको अवस्थामा चोटपटक र दुर्घटनामा परेका घाइतेको उपचारका लागि सिटिस्क्यान मेसिन अत्यावश्यक भएको अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले जानकारी दिनुभयो ।

Loading...

Post a Comment

Loading...

11111111
 
Top