Loading...
वाशिडटन डिसी । विदेशबाट पनि नेपालको मोबाइल रिचार्ज गर्न मिल्ने सुविधा भएको नयाँ एप सार्वजनिक भएको छ । अब बिदेशमा बस्ने तपाईका आफ्ना मान्छेहरुले एक नयाँ एपको प्रयोग गरेर तपाइको मोबाइलमा उतैबाट सोझै रिचार्ज पैसा हालिदिन सक्ने छन् ।


यस्तो  एप बनाउने काम अमेरिकाको भर्जिनियामा बस्ने दुई नेपाली विद्यार्थीहरुले गरेका हुन । राजीव श्रेष्ठ र गोपाल सापकोटा हाल डिसी क्षेत्रमा रहेको अमेरिकन कलेज अफ कमर्स टेक्नोलजी ९एसीसीटी० मा अध्ययन गरिरहेका विद्यार्थी हुन ।

उनीहरुले हालै रिलिज गरेको एप कनेक्टटुनेपाल वेव र मोबाइल दुबै बाट प्रयोग गर्न सकिन्छ । कनेक्टटुनेपालको एप एन्ड्रोइडको गुगल प्ले तथा आइओएस्को एप स्टोटबाट सर्च गरेर बिना शुल्क डाउन लोड गर्न सकिन्छ । यो एपको प्रयोगबाट छोटो समय मै लाखौं नेपाली लाभान्वित हुने कुरामा आफूहरु विश्वस्त रहेको कुरा राजीव बताउछन् ।

यो एप चलाउन निकै सजिलो भएको र आइफोन र एन्ड्रोइड दुवैका प्रयोगकर्ताहरुले यो एपबाट भरपूर फाइदा उठाउन सक्ने गरी निकै ठूलो प्राविधिक प्रयासपछि यो बनाउन सफल भएको उनीहरुले जानकारी गराए ।

अमेरिकाको डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपाली अमेरिकन आइटी प्रोफेसनलहरुको नयां संस्था सोसाइटी अफ नेपलिज अमेरिकन आइटी इन्जिनियर्स ९स्नेयी० को अन्तरक्रिया कार्यक्रममा राजीव र गोपालले यो एपको पहिलो पटक सार्वजनिक गरेका हुन । एकै महिनामा ५ सय रेगुलर प्रयोगकर्ता बनेको र उनीहरुको कारोबारबाट नेपाल सरकारले ३ लाख सम्मको राजश्व पाइसकेको आंकडा पनि उनीहरुले दिए ।

यो एपले एनटिसी, एनसेल तथा युटिएल सवै कम्पनीका मोबाइलमा विदेशबाटै सजिलै पैसा रिचार्ज गर्न सकिन्छ । नेपालमा रहेका आफन्तको मोबाइल नम्बर मात्र भए फोनको रिचार्ज गर्न सकिने छ भने पे पाल मार्फत आफ्नो भीसा, मास्टर कार्ड तथा बैंक कार्डबाट समेत पैसा चार्ज गर्न सकिन्छ । डलर तथा पाउण्डबाट गरिएको चार्जको नेपालीमा यति हुन्छ भनेर देखाउने ब्यबस्था पनि गरिएको छ ।

यी युवाको जोडीले नेपालसंग संसारभरिका नेपालीहरुलाई जोड्ने सिलसिलामा यो पहिलो उपहार ल्याएको र आफूहरु अरु दुई ठूला र विशुद्ध नयाँ आइटी प्रोजेक्ट तयार गर्न तल्लीन रहेको बताएका छन् ।

संघले चांडै नै समाजको औपचारिक निर्वाचन गर्ने, संस्थाको पुनर्गठन गर्ने, सूचना प्रविधिको क्षेत्रमा नेपालीहरुलाई प्रवेश गराउन सहयोग गर्ने, आवधिक तालीमहरु संचालन गर्ने र नेपालको सूचना प्रविधिको क्षेत्रमा साझेदारी गरेर काम गर्ने प्रतिबद्धा पनि जनाएको ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top