Loading...
के तपाईंले कुनै यस्तो ठाउँको बारेमा सुन्नुभएको छ जहाँका मानिसहरु बिना पासपोर्ट र भिजा नै एउटा देशबाट अर्को देशमा जाने गर्दछन् । जहाँका राजा कुनै एउटा देशमा खान्छन् र सुत्नलाई अर्को देश जान्छन् । सायद यस्तो ठाउँ बारे तपाईंलाई थाहा छैन होला ।

भारतमा एउटा यस्तो गाउँछ जहाँ माथि उल्लेखित यी सबै कुरा हुन्छन् । भारतको नागाल्याण्डको लोंगवा गाउँमा कोन्याक जनजाती बसोबास गर्दछन् । वास्तवमा यो गाउँको आधा हिस्सा भारतमा त अर्को हिस्सा म्यान्मारमा छ ।

यो जनजातीको राजाको नाम अंग नगोवांग हो जसको अधिनमा कूल ७५ गाउँ पर्दछन् । उनको घरको बिचमा म्यानमार र भारतको सीमा पर्दछ । यस्तोमा यी राजाको परिवार खाना म्यान्मारको हिस्सामा खान्छने् भने सुत्दा उनी भारतीय सीमाको उपयोग गर्दछन् । यी राजाको परिवार पनि निकै ठूलो छ जसमा उनका ६० श्रीमती समावेश छन् । उनका एकजना छोरा म्यान्मारका आर्मी हुन् ।

प्राविधिक कारणले दोहोरो नागरिकताः
भारत र म्यान्मारको सीमामा भएका कारण यहाँका मानिसहरुलाई प्राविधिक कारणले दुबै देशको नागरिकता दिइएको छ । जसका कारण उनीहरुलाई म्यानमार जानका लागि न त पासपोर्टको आवश्यकता छ न नै भिजा नै चाहिन्छ । यी जनजातीलाई हेड हन्टर्सको नामले पनि चिनिन्छ ।

Loading...

Post a Comment

Loading...

11111111
 
Top