Loading...
वरिष्ठ कलाकार सन्तोष पन्तसहित केटिएम सेक्युटिरी सर्भिस प्रालिका प्रमुख रामेश्वर शाहलार्इ आफ्नै महिला गार्डमाथि यौन दुव्र्यहारको आरोपलागेकाे छ।

कलाकार पन्त र शाहले शनिबार बिहान करिब अढाई बजे डिउटी चेकजाँच गर्ने नाममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रेरणा न्यु गल्र्स होस्टलकी महिला गार्डमाथि दुव्र्यवहार गरेको आरोप लागेको हो। डिउटी चेक गर्न भन्दै होस्टल पुगेका पन्त र शाह मादक पदार्थ सेवन गरेको सुरक्षा गार्डहरुको दाबी छ। केटिएमले करिब एक वर्षअघि प्रतिष्ठानको सुरक्षा ठेक्का पाएको हो। पन्त केटिएमका ब्राण्ड एम्बासडर हुन्। पीडित महिलाले महिला सञ्जालको नेतृत्वमा शनिबारै इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिन पुगेका थिए। तर, प्रहरीले शनिवार सार्वजनिक विदा परेकोले जाहेरी दर्ता गरेन।

घटनाबारे जानकारी पाएपछि शनिबार दिउँसो २ बजेपछि कन्ट्रोल रुममा भेला भएका सेक्युरीटि गार्डहरु निक्कै आक्रोशित भएका थिए। उनीहरु २ बजेपछि सुरक्षा पोष्टमा खटिएका पनि थिएनन्। प्रतिष्ठानमा १ सय २९ गार्डमध्ये १२ जना महिला छन्।

पीडित महिला गार्ड सविता सुयलका अनुसार करिब अढाई बजे गार्ड हेड राजेश तामाङ, इन्सपेक्टर विष्णु कोइरालालाई साथमा लिएर शाह र पन्त होस्टलमा पुगेका थिए। इन्सपेक्टर कोइरालाले बोलाएर ढोका खोल्न आग्रह गरेका थिए। प्रेरणा गल्र्स होस्टलमा नियमअनुसार राति ११ बजेपछि कसैलाई पनि भित्र पस्न वा बाहिर निस्कन अनुमति छैन। आपतकालिन अवस्थामा पनि वार्डनबाट निर्देशन आए मात्र गार्डले ढोका खोलि दिने अनुमति छ। त्यही नियम बताउँदा पनि कम्पनीका प्रमुख शाह स्वयंले ढोका खोल्न भनेपछि ढोका खोलर आफू गेट बाहिर निस्किएको गार्ड सुयलले बताइन्।

‘११ बजेपछि ढोका खोल्न मिल्दैन भन्दा पनि कम्पनीका प्रमुखहरुले नै खोल्न भनेपछि ढोका खोलेर म बाहिर निस्किए । फेरि सन्तोष पन्तले किन ढोका खोलेको भनेर सोधे,’ उनले भनिन्, ‘मातेर आएका रहेछन्, ह्वास्सै रक्सी गन्हायो। किन यति मोटो भएको भन्दै मेरो शरीर, पेटतिर हात पु¥यायो। कसैले पनि केही भनेनन्।’

पीडित सुयलका अनुसार केटिएम प्रमुख शाहले पनि नाम के हो, सुयल के हो, बिहे भएको छ कि छैन ? श्रीमान साथमा छ कि छैन ? जस्ता अनावश्यक प्रश्नहरु पटक–पटक सोधेका थिए । केटिएमको तलबले त मोटाएको होला नि जस्ता वचन पनि बोलेको उनको भनाइ छ ।

‘म पछाडि हात बाँधेर सर्तक अवस्थामा उभिरहेको थिए, उहाँहरुको बोली र व्यावहारले के भन्ने, के गर्ने भनेर सोच्नै सकिन’–प्रहरी कार्यालयमा उजुरी दिन पुगेकी उनले भनिन्। इन्टर्न होस्टलमा डिउटी भएकी पवित्रा राईले पनि आफूलाई बिहे भएको छ कि छैन जस्ता प्रश्न गरेको बताइन्। ‘उहाँहरु मातेर हल्लिएको अवस्थामा थियो। म भएको ठाउँमा पनि आएर बिहे ग¥यौ भन्दै सोधे। मैले १४ वर्षको त छोरा छ सरभन्दा सानैमा बिहे गरेको भन्यो,’ उनले भनिन्, ‘बुढा साथमा छ कि छैन भनेर सोधेपछि मैले ढाँटेर साथमै छ भन्नुप¥यो।’ खासमा उनी सहिद पत्नी एकल महिला हुन्।
अर्की महिला गार्ड जस्मिन राईले भदौ २९ गते बुधबार बिरामीका २ जना आफन्त(महिला)को हातबाट डिउटीमा हुँदा आफू कुटिएको बताइन् । घटनाबारे कन्ट्रोल रुममा आएर जानकारी गराउँदा त्यही पनि तारा राई नामको व्यक्ति आएर घाँटी निमोठेको तर कम्पनीले अहिलेसम्म पनि घटनालाई ढाकछोप गरेको उनले बताइन्।

‘दुई जना महिला मिलेर मलाई कुटे, घटनाबारे कन्ट्रोलरुममा जानकारी गराउँदै थिए । मेरो छोरीलाई किन कुटिस भनेर तारा राईले मेरो घाँटी निमोठ्यो । केटी पो रहेछ भन्दै एक छिनपछि छोड्यो,’ उनले भनिन्, ‘म प्रहरीमा जाहेरी दिन्छु भन्दा मिलाउँछौ भनेपछि कम्पनीमा निवेदन दिए, तर सुनुवाई भएन। अरुको सुरक्षा गर्ने हामी नै पो असुरक्षित भयौं।’ जस्मिनलाई घाँटी अठ्याउने तारा राई कुनै बेला धरानमा गुण्डागर्दीमा कहलिएका व्यक्ति हुन्।

स्रोतका अनुसार प्रतिष्ठानमा शुक्रबार राती अबेरसम्म पार्टी चलेको थियो । उक्त पार्टीमा सुनसरीका प्रजिअ, प्रतिष्ठानका पदाधिकारीसमेत सामेल थिए । पार्टीमा अत्यधिक मदिरा सेवन गरेका शाह र पन्त भने बिहानको समयमा डिउटी चेक गर्न भन्दै निस्किएको थिए । केटिएमका क्षेत्रीय निर्देशक तथा नेपाल प्रहरीका पूर्व डिएसपी रुपम लामाले घटनाबारे अनभिज्ञता जनाए। केटिएमका प्रमुख शाहले भने मादक पदार्थ सेवन नगरेको र महिला गार्डमाथि दुव्र्यवहार पनि नभएको दाबी गरे।

‘सबै वाहियात कुरा हुन् । हामी डिउटी चेक गर्न गएका थियौं । धेरै जना पोष्टमा निदाएको भेटियो । कारबाही होला भनेर यस्तो हल्ला फिजाएको हुनसक्छ,’ उनले भने, ‘केही पनि भएको होइन।’

बीपी प्रतिष्ठानका एक पदाधिकारीले भने साँझ पार्टी भएको स्वीकार गरे पनि घटनाबारे जानकारी नआएको बताए। उनका अनुसार घटना भएको भनिएको क्षेत्र पूर्ण निषेधित क्षेत्र हो। त्यहाँ राति ११ बजेपछि उपकुलपति नै गए पनि ढोका नखोल्न कडा निर्देशन दिइएको छ।

‘यदि त्यहाँ गएर यी सबै घटना भएको हो भने कम्पनी र संलग्नलाई कारबाही हुन्छ,’ ती पदाधिकारीले भने, ‘तर, अहिलेसम्म औपचारिक जानकारी पाएका छैनौं, सत्य के हो आइतबार छानबिन हुन्छ।’
Loading...

Post a Comment

Loading...

11111111
 
Top