Loading...
२०७०विवाह भन्ने कुरा दुलहा र दुलहीबीचको सम्बन्धमात्र होइन, दुई परिवारबीचको सम्बन्ध पनि हो। जसमा दुलहीको पहिरनले समेत विशेष भूमिका खेलेको हुन्छ। पहिरनले आचरण पनि निर्धारण गर्ने हुनाले यसको विशेष महत्व छ।
विवाहका क्रममा केटा र केटी हेर्ने दिन पनि निकै महत्वपूर्ण हुन्छ। त्यही एक भेट पछि नै विवाह गर्ने कि नगर्ने भन्ने निर्धारण समेत हुन्छ। केटा र केटी हेर्ने दिन दुलहीले लगाएको पहिरनको विशेष भूमिका हुन्छ। पहिरनले कस्तो आचरण तथा स्वभावकी केटी हो भन्ने कुरासमेत चिनाउन सहयोग गर्छ। यो दिन केटीले कुर्ता-सलवार लगाउँदा सोभर लुक आउँछ। कुर्ता-सुरुवाल आफ्नो शरीरको बनाबट, कम्प्लेक्स र अहिले चलिरहेको फेसन ट्रेन्डअनुरूप हुनुपर्छ। अनारकल्ली अहिलेको ट्रेन्ड हो। सदाबहार पञ्जावी कुर्ता-सुरुवाल पनि यस दिनका लागि उपयुक्त हुन्छ। शरीरको लम्बाइ डिजाइन गर्नुपर्छ

जस्तै ः अग्लो र दुब्लो भए अनारकल्ली कुर्तामा क्लाफ लेन्थको गर्नुपर्छ वेस्ट लेन्ट नर्मल, स्लिभको लम्बाइ थ्री क्वाटरको उपयुक्त हुन्छ। यस्तो पहिरनमा माथिल्लो पार्टमा भेल्भेट र तल्लो भागमा हाफ नेट प्रयोग गर्नुपर्छ।

होचा दुलहीका लागि पहिरन डिजाइन गर्दा कुर्ताको लम्बाई क्लाफ लेन्थभन्दा लामो गर्नुपर्छ। उचाइ कम भएको भन्नासाथ कम्मर देखि तलको भाग छोटो भन्ने बुझिन्छ। जसमा कपडाको माध्यमले व्यक्तिको हाइट बढेको देखाउन सकिन्छ। साधारणभन्दा अलिकति लामो गर्ने र भरसक नरम कपडा प्रयोगमा ल्याउने तथा  नेक डिजाइन गर्दा डिप ओपन गर्ने तर वाइड नेक ओपन नगर्ने।

दुलही मोटी छिन् भने पक्कै पनि कि त सोल्जर ठूलो वा पेट ठूलो वा हिपको भाग ठूलो भन्ने बुझिन्छ। आफ्नो शरीरको बनावटमा सोल्जरको भाग फराकिलो छ भने नेक डिजाइन गर्दा डिप कट गर्ने तर वाइड वा बोट नेक उपयुक्त हुँदैन। इम्ब्रोइडरी गराउँदा नेक पार्ट र चेस्ट पार्ट राम्रोसँग डिफाइन भएको हुनुपर्छ।

रिसेप्सनको दिन लेहेंगा वा साडी लगाउन सकिन्छ। यी पहिरनमा दुलही डिसेन्ट र सोभर देखिन्छिन्। रिसेप्सन पार्टीको दिन साथीभाइ एवं आफन्तहरू आउने हुँदा यो दिन महत्वपूर्ण हुन्छ। यो दिन दुलहीलाई आफू अति सुन्दर देखिने चाहना हुन्छ जसमा पहिरनको विशेष भूमिका हुन्छ। नेपाली शैलीको साडी वा लेहेंगा लगाउँदा राम्रो देखिन्छ। यस्तो पहिरन आफ्नो शरीरिक बनाबट, कम्प्लेक्सन तथा चलिआएको ट्रेन्डअनुसार लगाउनु उपयुक्त हुन्छ।

साडी लगाउँदा

ब्लाउजको लम्बाइ र नेक डिजाइन, स्लिभको लम्बाइले बडी डिजाइन गर्नुपर्छ। जस्तै ः लामो ब्लाउज लगाउने। डिप कट नेक डिजाइन गर्नुपर्छ। स्लिभ लेन्ट थ्री क्वाटर लगाउने। कपडा छान्दा नरम तथा फल आउने र सकभर स्टि्रटेबल कपडा छान्ने। कपडाको कलर डार्क तथा ब्राइट रोज्नुपर्छ। सिक्वेन्स वर्क गरिएको कपडा नलगाउने। दुलहीको पहिरन विड्स, जरी वा कास्गेपी वर्क गरिएको हुनुपर्छ।  साडीको बुट्टा मसिनो रोज्ने साथै त्यसको बोर्डर कम होस् भन्ने कुरामा ध्यान पुर्‍याउने।

लेहेंगा लगाउँदा

दुलही मोटी छिन् भने लेहेंगाको ब्लाउजको लम्बाइ स्कर्टको लम्बाइ सँगै छोएको हुनुपर्छ। लेहेंगाको नेक डिजाइनमा इम्ब्रोइडरी गर्दा फेबि्रकको कलरमा कन्ट्रास्ट हुनुपर्छ। जसले गर्दा नेक डिजाइन हुन्छ र स्लिम लुक दिन्छ। स्कर्ट लगाउँदा  हिप बोनबाट सुरु गर्नुपर्छ र लम्बाइमा लत्रिएको हुनु जरुरी छ। लेहेंगाको कट पि्रन्स लाइन लिएर कट गर्नुपर्छ जसले गर्दा हिपदेखि थाइसम्मको सेप राम्रो देखिन्छ र स्लिम तथा अग्लो पनि देखाउँछ। डार्क र ब्राइट कलर प्रयोग गर्ने। सिक्वेन्स वर्क छाती, वेस्ट र हिपको भागमा कम गर्ने।

उचाइ कम भएका दुलहीका लागि लेहेंगा सकभर लहरा डिजाइनमा जानुपर्छ र ब्लाउजको लम्बाइ लामो गर्नुपर्छ। अग्लो र स्लिम लुक्सका लागि ब्लाउज र लेहेंगा थाइसम्म फिटिङ हुनुपर्छ। जसले गर्दा अग्लो देखाउन सहयोग गर्छ। ब्लाउज  र लेहेंगाको स्कर्ट एउटै कलरको हुनुपर्छ। इम्ब्रोइडरी र सल भने फरक कलरको लगाउन सकिन्छ। बोर्डर भएको लेहेंगा लगाउने हो भने कम बोर्डर प्रयोग गर्ने । सकभर स्कर्टमा लामो तथा ठाडो बुट्टा दिने। बुट्टा डिफाइन तथा सफा हुनुपर्छ। दुलहीले जल वर्क इम्ब्रोइडरी नलगाउनु नै हुन्छ। दुलहीका लागि नेट, भेल्भेट, भिस्कोट, सिल्क आदि राम्रो हुन्छ। विवाहका लागि सकभर रातो, पहेंलो, अरेञ्ज, गि्रन तथा गोल्डेन प्रयोग गर्ने। कलरले पनि मान्छे कति खुसी र दुःखी छ परिचित गराउँछ।

जीवनमा एकपटक गरिने विवाहमा दुलहीको पहिरन उत्कृष्ट हुनुपर्छ। त्यसका लागि दुलहीको हाइट, मोटाइ, रूप, रंग र समयको मागअनुसार पहिरन बनाउनुपर्छ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top