Loading...
पन्देहीको छोटकी रामनगर गाविसस्थित मझौली चौराहामा हुन लागेको कुस्ती प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका २२६ जना पहलवान भिड्ने भएका छन् ।आगामी मङ्सिर २६ देखि २९ सम्म हुने उक्त प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका गरी २२६ जना पहलवानको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । गत वर्षदेखि सुरु गरिएको उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरमै नाम कमाएका पहलवान बाबा केशवदास (नागा बाबा), शङ्कर थापा, राजेन्द्र यादवलगायतका चर्चित पहलवानको सहभागिता रहने बजरङ्ग दलका अध्यक्ष जयप्रकाश धवलले बताए ।त्यस्तै भारतका उमाशङ्कर यादव, भुरा सिंह र पथ्थर सिंह पहलवानको समेत प्रतियोगितामा सहभागिता रहने अध्यक्ष धवलले बताए ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top