Loading...
त्रिभुवन विश्वविद्यालयको ४२ औ दीक्षान्त समारोहको आयोजना गर्दैछ। समारोहमामा ९ हजार ७ सय३४ विद्यार्थी दीक्षित हुँदै छन्। योसँगै त्रिभुवन विश्वविद्यालयमा दीक्षित हुने विद्यार्थीको आकर्षण बढेको छ।

समारोहमा स्कार्फ र गाउन पोसाक लगाएर आफूले उत्तीर्ण गरेको प्रमाणपत्रसँगै अध्ययन गरेको अनुभव हुने भएकाले विद्यार्थीको समारोहमा आकर्षण बढेको हो।

दीक्षान्त समारोहमा २०७२ जेठ १८ गतेदेखि २०७३ असार १ गतेसम्म स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधी उत्तीर्ण गरेका विद्यार्थी सहभागी हुन हुने दीक्षान्त मूल समारोह समितिका सदस्य सचिव तथा सहनियन्त्रक डा शङ्कर भण्डारीले जानकारी दिए।

उनका अनुसार गत वर्षभन्दा यस वर्ष दुई हजार बढी विद्यार्थी दीक्षित हुन थालेका छन्। समारोहमा विभिन्न सङ्कायका सर्वोकृष्ट अङ्क ल्याउनेलाई स्वर्ण पदकसहित पुरस्कृत गरिन्छ भने अन्य उत्तीर्ण हुने विद्यार्थीलाई प्रमाणपत्रले दीक्षित गरिन्छ।

गत वर्ष ९ हजार ३ सय विद्यार्थी दीक्षित भएका थिए। यसपटक कात्तिक १० देखि मङ्सिर १२ गतेसम्म दीक्षित हुन विद्यार्थीलाई बल्खुस्थित पनिका कार्यालयमा निवेदन दिन आग्रह गरेको थियो।

त्रिविले दीक्षित हुने प्रत्येक विद्यार्थीसँग दुई हजार रुपैयाँ धरौटी स्वरुप शुल्क लिएर स्कार्फ र गाउन दिने गर्दछ। समारोह पछि रु दुई हजार विद्यार्थीले फिर्ता पाउने छन् भने विद्यार्थीले स्कार्फ र गाउन त्रिविलाई फिर्ता गर्नुपर्ने हुन्छ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top