Loading...
घटनास्थलमा कसले के के भने ? ३० वर्षिया शान्ता परियार, प्रत्यक्षदर्शी मेरो जहिले पनि ढाड दुख्ने समस्या थियो । औषधी उपचार गर्दा पनि नहुने । चौटोलमा ढाड दुखेको भन्दै विद्यालय भन्दा माथिपट्टि म र आमासँग हुनुहुन्थ्यो । हिरा सर र उनकी आमा काइली मायाँ लामा मोटरसाइकलमा तलतिर झर्दै थियो । हामी पहेली तामाङको घरमा गफ गरी रहेका थियौं । सरले तल जाने होइन लक्ष्मीले गाली गलौज गरेर अपशक्द बोल्नु भएको छ महिला समूहले मिलाउन जाने होइन भने । म माइती पटिको आमासँगैँ थिए घरबाट आएको । तर उनीहरुको केही होला म एउटा कामले आएको किन जानु भनेर गएन । केही समयपछि बच्चाको चिच्याएको आवाज मेरो काममा पर्‍यो । म त्यहाँ पुग्दा पोलमा डोरीले बाँधेर प्लाष्टिकमा दिसा दिएर हिराको आमाले खुवाने हिराले समात्ने छातीमा हिर्काउने गर्दै रहेछ । शिक्षक भएर किन यस्तो गरेको भने । त्यसमा आमाले मुखमा खुवाउन र अनुहारभरि दलेको देखे । फेरि हिरासरले लक्ष्मीलाई छातीमा हिर्काउने, थिच्ने र कपालमा कुल्चीने गरको देखेर मैले सहनै सकेन ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top