Loading...
काठमाडौं– संसद खुलाउन सहमति जुटाउने प्रयासस्वरुप बसेको शीर्ष तीन दलको बैठक विनानिश्कर्ष सकिएको छ । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा सत्तारुढ दलले संशोधन प्रस्ताव अघि बढाउन एमालेको सहमति मागेको तर त्यसलाई एमालेले अस्विकार गरिदिएपछि वार्ता विफल भएको हो । सत्तारुढ दल एमाले र कांग्रेसले २०७४ माघभित्र चुनाव गर्नुपर्ने बाध्यता रहेकाले आन्दोलनरत दलको माग पूरा गरिनुपर्ने भन्दै संशोधन प्रस्ताव अघि बढाउन एमालेलाई आग्रह गरेको थियो । तर, एमालेले संशोधन प्रस्तावले समस्याको समाधान हुने नभई थप समस्या बल्झिने भन्दै प्रस्ताव फिर्ता लिने अडान लिएको थियो । सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा टसमस भएसँगै विफल भएको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलेसहमतिको प्रयास अझैं जारी रहेको बताए । उनले आफूहरु प्रतिपक्षी र आन्दोलनरत पक्ष (मधेसी मोर्चा) लाई चिढ्यार संसद अघि बढाउने पक्षमा नरहेको समेत बताए । यस्तै कांग्रेस नेता रामचन्द्र पौडेलले एमालेको अडानका कारण सहमति हुन नसकेको भन्दै अब सभामुखले आफ्नो विवेक प्रयोग गर्ने बताए । एमाले नेता बामदेव गाैतम भने संशोधन प्रस्ताव फिर्ता नभएसम्म सहमति नहुने प्रतिक्रिया दिँदै बैठकबाट बाहिरिएका थिए । संशोधन प्रस्तावको विरोधमा एमालेले लगातार संसद अवरुद्ध पार्दै आएको छ । बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसबाट शेरबहादुर देउवा र रामचन्द्र पौडेल, नेकपा (एमाले) बाट केपी शर्मा ओली र बामदेव गौतम सहभागी थिए । यसैबीच दिउँसो एक बजेको लागि संसद बैठक बोलाइएको छ ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top