Loading...
रोकिएका सबारीसाधनलाई क्रमशः मोटरसाइकल, साना सवारी, बस, ट्रक र कम गतिका अन्य सवारीलाई प्राथमिकताका आधारमा छाडिने निर्णयसमेत प्रशासनले गरेकाले यात्रुबाहक सवारी साधन धेरै समय लाइनमा बस्नु नपर्ने भएको छ । ठूला कन्टेनरलाई रातको १२ बजेदेखि बिहान ४ बजेसम्म मात्र चल्न दिइने भएको छ । यसैगरी नारायणगढ–मुग्लिन सडकखण्ड भित्र कुनै सवारी साधन बिग्रिएमा २० मिनेटभित्र हटाउन सम्बन्धित ठेकेदारलाई एक/एक थान स्काभेटर र पावरटेलर राख्न लगाइएको छ ।
सडकमा खाल्डाखुल्डी र धुलो बढी उडेपछि नियमित पानी हाल्न र खाल्डाखुल्डी सम्याउन ठेकेदारलाई निर्देशन दिइएको छ । जीर्ण सडकमा दुर्घटना हुन सक्ने भएकाले ४० थान ट्राफिक सङ्केत र १० वटा घुम्तीमा कन्भेक्स लेन्स तत्काल जडान गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी, नारायणप्रसाद भट्टले बताउनुभयो ।
Loading...
Post a Comment