Loading...
काठमाडौं – गाजलु आँखा देखेर भुतुक्कै बोलकी गायिका प्रशन्ना पाण्डेलाई प्रहरीले रातो नम्बरको फोनको अफवाह फैलाएको आरोपमा पक्राउ गरेको छ । एनसेलको नम्बरबाट आउने रातो नम्बरको इन्कमीङ कल उठाए ज्यानै जाने भन्दै गायिका पाण्डेले फोटोसपबाट रातो नम्बरबाट फोन आएको बनाएर सामाजिक सञ्जालमा भाइरल बनाइएपछि प्रहरीले गोप्य रुपमा बनाएको अपरेशन गायिका पाण्डेलाई पक्राउ गरेपछि प्रहरीले थप अपरेशन सुरु गरेको छ । गायिका पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। गायिका पाण्डेले एनसेलको नम्बरबाट आउने रातो नम्बरको इन्कमीङ कल उठाए ज्याननै जाने अफवाह फैलाएको प्रहरीको आरोप छ । गायिका पाण्डेले आँफु सिटी सेन्टरमा बसेका बेला एनसेलबाट फोन आएको भन्दै सबैलाई शर्तक रहन आग्रह गर्दै फोटोसप गरेको तस्विर रोखेकी थिइन् । उनले उक्त कलको स्क्रिनको फोटो खिचेर राखेको बताएकी थिइन् । केहि दिन अघिदेखी रातो नम्बरबाट अल आएको र मानिसहरु पनि मरिरहेको भन्ने हल्ला सामाजिक संजालमा भाइरल बन्दै गइरहेको छ । नुवाकोट, धादिङ तथा मकवानपुर लगायतका जिल्लाहरुमा रातो नम्बरको फोन उठाउँदा मृत्यु नै भएको भन्ने हल्ला निकै चलेपछि प्रहरीले गोप्य रुपमा सुक्ष्म अनुसन्धान थालेको थियो । यद्यपी प्रहरीले थप अनुसन्धान थालीराखेको जनाएको छ ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top