Loading...
माघ २, २०७३ प्रधानमन्त्री पुष्पकमल दाहालले पेलेर भन्दा पनि सहमति मै अहिलेको गतिरोध अन्त्य गर्ने बताउनुभएको छ । संयुक्त अरब इमिरेटस युएईको अबुधाबीमा नेपाली समुदायसँग आज अन्तरक्रिया गर्दै प्रधानमन्त्री दाहालले लोकतान्त्रिक गणतन्त्रमा सबैको भावना समेट्नुपर्ने भन्दै सहमति मै गतिरोध हटाउने बताउनुभएको हो । दलहरुबीचको संबाद सकारात्मक भएकाले राष्ट्रिय सहमति बनाएर संविधान कार्यान्वयन गर्ने उहाँको भनाई थियो । राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिका लागि सरकार लागि परेको प्रधानमन्त्री दाहालले दावी गर्नुभयो । विदेशी भूमिमा हासिल गरेको अनुभव मुलुकको विकासका लागि आधारशिला भएको भन्दै उहाँले त्यसतर्फ अघि बढ्न गैर आवासिय नेपालीलाइ आग्रह गर्नुभयो । वल्र्ड फ्युचर इनर्जी समिटमा सहभागी हुन हिजो अबुधाबी पुगेका प्रधानमन्त्री दाहालले सम्मेलन नेपालका लागि बहुउपयोगी हुने बताउनुभयो । सम्मेलन भोली शुरु हुँदैछ । यसैबीच प्रधानमन्त्री दाहालले युएइका समकक्षी मोहम्मद विन रसिद मोक्तुमसँग आज भेटवार्ता गर्दै हुनुहुन्छ । भेटमा आपसी हित र चासोका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top