Loading...
खाना तयार पार्दा के कुरामा ध्यान दिनुपर्छ ?
हाइजिनमै विशेष ध्यान पुर्‍याउनुपर्छ । के पकाइँदै छ, त्यसको गुणस्तर, पकाउने तरिका, अवधि तथा मरमसला एवं तेलको मात्रा आदिमा पनि ध्यान दिनुपर्छ ।



सागपात तथा हरियो सागसब्जी कसरी तयार पार्ने ?
हरियो सागपात नकाट्दै सफा पानीले पखाल्नुपर्छ । सकेसम्म धेरै टुक्रा पार्नुहुँदैन । सागमा बढी मात्रामा भिटामिन बी तथा सी पाइन्छ । भिटामिन बी तथा सी सहजै पानीमा घुल्ने भएकाले यसलाई धेरैबेर पकाउनु हुँदैन । सागसब्जीको हरियोपन नजाने गरी पकाउनुपर्छ । हरियो सागसब्जीमा क्यारोटिनोइड्स पाइन्छ जसले भिटामिन एको निर्माणमा मद्दत पुर्‍याउँछ । हरियो सागसब्जी प्रशस्त मात्रामा खाए स्वस्थ एवं सुन्दर रहन सघाउ पुग्छ ।



खानामा नुन, तेल तथा मसलाको मात्रा कसरी मिलाउने ?
कम तेल एवं मसला हालिएको सब्जीले कलेजोमा असर गर्दैन तसर्थ सागसब्जीमा मसला एकदमै कम हाल्नुपर्छ । बढी मसलाले कलेजोमा नकारात्मक असर गर्छ । घिउ बढी खाए कोलेस्ट्रोल बढ्छ । तरकारी पाकिसकेपछि मात्र नुन हाल्नुपर्छ । नुनलाई पकाउँदा त्यसमा भएको आयोडिन नष्ट हुन्छ ।



फलफूल कसरी खानुपर्छ ?
सकेसम्म विभिन्न रंगयुक्त फलफूल खानुपर्छ । तीन–चार किसिमका वा त्यसभन्दा बढी फलफूल एकैठाउँमा मिसाएर खानु लाभदायक हुन्छ । फलफूलबाट सोलेबल डाइट्रिफाइबर, भिटामिन, मिनरल्स तथा एन्टी अक्सिडेन्ट प्राप्त हुन्छ । यी सबै मानव स्वास्थ्यका लागि आवश्यक छन् ।



स्वस्थ शरीरका लागि दूध तथा दुग्धजन्य पदार्थ कत्तिको लाभदायक हुन्छन् ?
दूधमा ल्याक्टोज, प्रोटिन, फ्याट, भिटामिन, मिनरल्स, काल्सियम आदि अत्यधिक मात्रामा पाइन्छ । दूधलाई धेरै उमालेर पिउनु हुँदैन । दही एवं प्रोबायोटिक योगर्ड पनि कम्तीमा हप्तामा एक पटक खानुपर्छ ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top