Loading...
पशुपतिनाथ मन्दिरस्थित वाग्मती नदीमा शुक्रबार बिहान राताम्ये भएका श्रद्धालुहरुको भीड थियो ।पौराणिक सहर साँखुमा पुस २८ गतेदेखि सुरु भएको माधवनारायण स्वस्थानीका ब्रतालुहरु बिहीबार साँझ पशुपतिनाथ आएका हुन् । एक महिने माधवनारायण स्वस्थानीका ब्रतालुहरु एवं रितले उपत्यकाका अन्य नदी तलाउमा पनि यसैगरी पूजापाठ तथा स्नान गर्छन् ।
पौष शुक्ल पूर्णिमादेखि सुरु भएको ब्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ ।माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हात/गोडाको नङ्ग काटी, एकचित्त भई, निराहार बस्ने, पूर्णिमाको बिहानै नदीमा स्नान गरी पूजा गर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्ने प्रचलन छ । मन्त्रोच्चारण गरेपछि शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ ।

यस वर्ष १५ पुरुषसहित १ सय ९३ व्रतालु छन् । व्रत बसेका सबै आइपुगेपछि मात्र अरू काम सुरु हुन्छ । सबैले एकैपटक अध्यारो छँदै स्नान गर्नुपर्ने, व्रत बसेकाले जुत्ता लगाउने कसैलाई छुन नहुने, रातो वस्त्र मात्र लगाउनुपर्ने, आफूले पनि जुत्ता, चप्पल लगाउन नहुने, एक महिनाभर नुन बार्ने र दूध, घिउ, चाकु, रातो मुला, सुन्तलाजस्ता खाद्यान्न मात्र भोजनका रूपमा ग्रहण गर्नुपर्ने परम्परा रहेकाले यो कठिन मानिन्छ । तर, नियममा रही व्रत बसे मनोकांक्षा पूर्ण हुने विश्वास छ ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top