Loading...
नेपाल–भारत सीमाक्षेत्र सुनौलीबाट कोही पर्यटकले बेलहिया प्रवेश गर्नेवित्तिकै अनौठो महसुस गर्छन् । बेलहिया–बुटवल व्यापारिक मार्ग लोभलाग्दो बन्दैछ । ‘सिक्स लेन’ सडकमा अरू पूर्वाधार पनि थपिँदैछन् । यसले नेपाल–भारत सीमाक्षेत्र सुनौलीबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई अरू धेरै लोभ्याउँनेछ ।

सडकमा अरू के–के पूर्वाधार जोडिँदैछन् ?

–बेलहिया–बुटवल व्यापारिक मार्गमा सोलार बत्ति जडान गर्ने काम सुरु भएको छ । ठूलो आयोजना मानिएको ‘सिक्स लेन’ सडकमा सोलार बत्तिले रौनक थप्नेछ ।

–बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनामा सौर्यबत्ति जडानका लागि ठेक्का भएको छ । बेलहियादेखि बुटवलसम्म प्रति ३० मिटर दुरीमा सोलार लाइट जडान गर्नको लागि ठेक्का दिएको छ ।

–बेलहिया–बुटवल व्यापारिक विस्तार आयोजना मणिग्रामका निमित्त प्रमुख इन्जिनियर लिलाबहादुर भण्डारीले २ करोड ५० लाख रुपियाँमा ठेक्का सम्झौता भएको बताए । उक्त ठेक्कामा बुटवलको योगीकुटीको पूर्व र पश्चिम क्षेत्रका आरसीसी कल्भर्ट निर्माण पनि गर्ने उल्लेख रहेको छ ।

–योगीकुटीमा उक्त कल्भर्ट निर्माण गर्दा सडक दुर्घटनामा पनि न्यूनीकरणमा सहयोग हुनेछ । हाल डाइभर टोलदेखि चौराहसम्मको काम अगाडि बढेको छ । चौराहदेखि गोलपार्क र भैरहवाको बेलहियादेखि बाइपास रोडमा पनि सौर्यबत्ति जडानका लागि टेन्डर निकालिएको छ ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top