Loading...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्। उनले संविधान निर्माणका क्रममा र अहिले संसोधनमको नाममा भारतले प्रत्यक्ष हस्तक्षेप गरेको भन्दै नेपालीका लागि त्यो सैह्य नहुने बताए।

‘हामीले हाम्रो संविधान बनाएर कस्को के बिगारेम?’ केसीले भारतसँग सोधे ‘आफ्नो संविधान आफै बनाउन नपाउने? संविधान बनाउँदा नाकाबन्दी खेप्नु पर्ने? यो कहाँको न्याय हो?’

उनले भारततर्फ संकेत गर्दै भने ‘हामीमाथि हस्तक्षेप बन्द गर्नुस्,  भारतीय जनतासँग हाम्रो गुनासो छैन, त्यहाँका शासकहरूले हामीमाथि राज गर्न खोज्दैछन्, हामी त्यो मान्दैनाैं।’

केसीले आजको सभामा विखण्डनबाट देश बचाउनका लागि जनसागर उर्लिएको बताए। उनले भने ‘यो देशभक्त सभा हो, राष्ट्रयताको खोजी गरेर आएका जनताको भेला हो, देशको आकाशमा मडारिएको कालो बादल पन्छाउन जुटेका न्यायप्रेमी जनताको भेला हो।’

केसीले अगाडि भने ‘सत्ताधारीले बुझे हुन्छ, अब लपेटेर जिल्ला टुक्राउने र, कसैको ग्य्रण्ड डिजाइनमा देश विभाजन गर्ने सपना नदेखे हुन्छ।’

केसीले नेपालमा गणतन्त्र ल्याएको देश टुक्राउन र छिमेकीको स्वार्थ पूरा गर्न नभएर नेपाली जनतालाई थप शक्ति सम्पन्न बनाउन रहेको बताए।

केसीले भने ‘९० प्रतिशत भन्दा बढीले मानेको संविधान भारतका केही मुठ्ठीभर वारेसवालाहरूले भने अनुसार संसोधन गर्न सकिदैन।’

राजधानीको प्रदर्शनी मार्गमा जारी एमालेसहित ९ विपक्षी दलको सभामा सम्बोधन गर्दै केसीले यस्तो बताएका हुन्।
Loading...

Post a Comment

Loading...

11111111
 
Top