Loading...
काठमाडौं, २५ माघ । ग्याँस कम्पनीको लापरबाही फेरि बजारमा छताछुल्ल भएको छ । ग्याँसका सिलिन्डर परीक्षण नगरी बजारमा पठाउँदा समेत सम्बन्धित् निकायको ध्यान गएको देखिँदैन । पुराना सिलिन्डर तथा ग्याँस भरिएका सिलिन्डर परीक्षण बिना कम्पनीहरुले बजारमा पठाउने गरेको भन्दै चिन्ता जनाइएका बेला ललितपुरको ठैबमा बमको रुपमा सिलिन्डर भान्सामा पुगेको छ । सञ्चारकर्मी दीपक थापा क्षेत्रीकाअनुसार ठैबमा भेटिएको तारा कम्पनीको ग्याँसको सिलिन्डरबाट ग्याँस लिक भएको फेला परेको हो । ‘किराना पसलबाट किनेर भान्सामा पुर्याइएको तारा ग्याँसको सिलिन्डरको सिल तोड्ने वित्तिकै गनाउन थाल्यो’, उनले भने, त्यसपछि चेक गर्दा ग्याँस नै लिक भइरहेको रहेछ, धन्न बचियो ।’ ग्याँस लिक भएको थाहा पाएपछि भान्साबाट हटाइएको छ भने सो ग्याँस प्रयोगमा नल्याएको जानकारी दिएका क्षेत्रीले लिक भएको थाहा पाएपछि पसलेलाई जानकारी गराएपनि हालसम्म कम्पनीले कुनै प्रतिक्रिया नजनाएको बताए । ‘खोई अरु ग्याँस आइपुगेको छैन, आएपछि साटिदिन्छौं’, पसलेको भनाइ उद्धृत गर्दै सञ्चारकर्मी क्षेत्रीले मिडिया एनपीलाई बताए । तारालगायत अन्य कम्पनीका ग्याँस जोखिमपूर्ण अवस्थामा ठैबमा भित्रिन थालेको अघिल्ला घटनाहरु सम्झँदै उनले भने । भारतीय नाकाबन्दीका बेला डिस्पोज गर्नुपर्ने ग्याँसका सिलिन्डर बजारमा पठाइएको भन्दै चिन्ता जनाइएका बेला धनजनको क्षेती पुर्याउनेखालका यस्ता सिलिन्डरहरु भान्सामा कति पुगेका छन्, एकीन छैन । न सरकारले अनुगमन गरेको छ, न त कम्पनीहरु नै जिम्मेवार र सजग भएका छन्, जसले गर्दा भान्सामा पुगेका ग्याँसका सिलिन्डर बमको रुपमा देखापरेका छन् । आफूले खरिद गरी भान्सामा पुर्याइएका ग्याँसका सिलिन्डरबाट लिक भएको छ की छैन परीक्षण गरेर मात्रै प्रयोगमा ल्याउने बानी उपभोक्ताले बसाल्नुपर्ने देखिन्छ ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top