Loading...
हाम्रै घर तथा वरपर पाईने कतिपय यस्तो चिजहरु जसको प्रयोग र फाइदाको बारेमा हामी अन्जान रहेका हुन्छौँ र सानो समस्यामा पनि केमिकल युक्त बजारमा पाईने औषधी सेवन गर्ने गर्छौँ । कतिपय घरेलु जडिबुटीले पनि धेरै किसिमका स्वास्थ्य समस्या समाधान गर्न सकिन्छ ।
आज हामी त्यहि जडिबुटीको रुपमा लिईने अम्बाको पातको बारेमा चर्चा गर्नेछौँ । अम्बा तपाइ हामी सबैलाई थाहा छ । हामी अम्बा निकै स्वाद लिएर खाने गर्छौँ तर त्यहि अम्बाको पात सेवन गर्नु पनि निकै फाईदा हुन्छ भन्ने हामी मध्ये कतिलाई थाहा नभएको हुनसक्छ । अम्बाको पात एन्टीअक्सिडेन्ट, एन्टीब्याक्टेरियल जस्ता गुुणले भरिएको हुन्छ । छाला, कपाल र स्वास्थ्यको लागि अम्बाको पातको प्रयोग निकै लाभदायक हुन्छ ।
अम्बाको पातबाट पाइने फाइदाहरु
– अम्बाको पातको रस निकालेर खानाले शरीरको तौल कम गर्न सकिन्छ ।
– मधुमेहका रोगीले अम्बाको पात सेवन गर्नु निकै लाभदायक हुन्छ ।
– अम्बाको पातको रस पिउने गर्नाले उच्च रक्तचाप कम हुन्छ ।
– पखाला लाग्दा अम्बाको पात खायौँ भने पखाला रोकिन्छ ।
– पाचन तन्त्रको तन्दुरुस्त राख्नको लागि अम्बाको पात लाभदायक मानिन्छ ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top