Loading...
कुनै राजनीतिक दलले आफै उद्योगधन्दा चलाउन सक्छ ? यसो भयो भने नेपालको हकमा यस्तो दुर्लभ घटना मानिन्छ ।

तर, नयाँ शक्तिले अव आफै उद्योग संचालन गर्ने भएको छ । नयाँ शक्ति पार्टी नेपालको राजनीतिक समितिको बैठकले राष्ट्रिय उत्पादनलाई प्रवद्र्धन हुनेगरी नयाँ शक्ति पार्टी, नेपालको पहिचान झल्किने पोशाक आस्कोट र टिर्सट उत्पादन गरि प्रयोगमा ल्याउने निर्णय गरेको हो ।


गत माघ २९ गते बसेको वैठकका १० निर्णयमध्ये १०औं नम्बरमा यस्तो उद्योग खोल्ने निर्णय छ । त्यो निर्णय पार्टीले आन्तरिक रुपमा कार्यकर्तालाई पठाएको सर्कुलरमा उल्लेख रहेको एक उच्च नेताले बताए ।

नयाँ शक्तिले जारी गरेको सर्कुलरमा पहिचान झल्कने र राष्ट्रिय उत्पादनलाई प्रबद्धन हुनेगरी त्यस्ता उद्योग सञ्चालन गर्न नेता कार्यकर्तालाई आव्हान गरिएको हो । सर्कुलरमा त्यस्ता उद्योग कसले र कति लगानीमा खेल्ने भन्नेबारे भने केही खुलाइएको छैन ।

Loading...

Post a Comment

Loading...

11111111
 
Top