Loading...
बलिउडमा सम्बन्ध कायम हुनु र ब्रेकअप हुुनुलाई सामान्य मानिन्छ अचेल । कसैको सम्बन्ध रहेको दुई चार महिनामै टुंगिन्छ त कसैले वर्षौंसम्म पनि सुखद दाम्पत्य जीवन बिताएका छन् । केही कलाकार यस्ता पनि भेटिए, जसले आफ्नो सम्बन्धलाई केही समय गुपचुप राख्न सफल भए । विवाहपछि मात्रै उनीहरूको सम्बन्ध रहेको पुष्टि भएको थियो । हेरौं सम्बन्धलाई गोप्य राख्ने  को–को रहेछन् ।
मल्लिका शेरावत–साइरिल अक्जेन्फेन्स : मल्लिका शेरावतले पेरिसका व्यवसायी साइरिल अक्जेन्फेन्ससँग विवाह गरिन् । यो उनको दोस्रो बिहे थियो । भारतीय मिडियाले उल्लेख गरेअनुसार मल्लिकाको पहिलो विवाह पाइलट करण सिंह गिलसँग भएको थियो । तर, लामो समयसम्म मल्लिकाले विवाह भएको कुरा  गुपचुपमै राखिन् ।

जुही चावला–जय मेहता : सन् १९९७ मा जुही चावलाले जय मेहतासंग विवाह गरिन् । विवाहपछि पनि केही समय उनले आफ्नो सम्बन्धलाई गोप्य राखिन् । जब पहिलोपटक उनी गर्भवती भइन् अनि मात्रै विवाहको कुरो सार्वजनिक गरिन् । करिअरमा असर पर्ला भनेर विवाहलाई गुपचुप राखेको उनको भनाइ थियो ।

श्रीदेवी–बोनी कपुर : श्रीदेवीलाई करिअरको खतरा थिएन । किनकि, उनका प्रेमी बोनि कपुर मुम्बईका प्रतिष्ठित निर्माता मानिन्थे । तर, पनि सम्बन्धलाई केही वर्ष गोप्य राखिन् । कारण, बोनी विवाहित थिए । उनले पनि गर्भवती भएपछि मात्रै विवाह गरेको स्विकारेकी थिइन् ।
रेखा –विनोद खन्ना : रेखाले अहिलेसम्म पनि विनोद खन्नासँग विवाह भएको अस्वीकार गर्दै आएकी छिन् । तर, भारतीय मिडियाले रेखा र विनोदको विवाह भएको कारण पटक–पटक उठाउदै आएको छ ।

ऋतिक रोशन–कंगना रनौत : ऋतिक रोशन र कंगना रनौतको अफेयर हिन्दी फिल्म ‘काइट’ को सुटिङमा सुरु भएको थियो । पछि ब्रेक भयो । तर, उनीहरूको अफेयर रहेको पछि मात्रै थाहा भयो । जब कंगनाले एक अन्तर्वार्ताका क्रममा ऋतिकलाई ‘सिली एक्ट’ भनिन् तब मात्रै उनीहरूको सम्बन्ध रहेको औपचारिक रूपमा पुष्टि भयो ।

प्रियंका चोपडा–साहिद कपुर :  इनकम ट्याक्सले प्रियंका चोपडाको अपार्टमेन्टमा बिहान ७ः३० बजे छापा मार्दा साहिद कपुर प्रियंकासँगै भेटिए ।सोही खबर सार्वजनिक भएपछि प्रियंका र साहिदबीच सम्बन्ध रहेको हल्ला चल्यो । तर, अहिलेसम्म उनीहरूले आफूहरूको सम्बन्ध रहेको स्विकारेका छैनन् ।रितेश देशमुख–जेनेलिया डिसुजा :  हिन्दी चलचित्र ‘तुझे मेरी कसम’ को सेटबाट रितेश देशमुख र जेनेलिया डिसुजाको अफेयर सुरु भएको थियो । केही वर्षसम्म उनीहरूले पनि आफ्नो सम्बन्धलाई गुपचुप राखे । सन् २०१२ मा विवाह भएपछि मात्रै उनीहरूको सम्बन्ध रहेको पुष्टि भएको थियो ।

विद्या बालान–सिद्धार्थ राय कपुर :  विद्या बालानले सन् २०१२ मा व्यवसायी एवं फिल्म निर्माता सिद्धार्थ राय कपुरसँग विवाह गरिन् । तर, उनीहरू विवाहको केही वर्ष अघि नै सम्बन्धमा रहेका थिए । एक अन्तर्वार्ताका क्रममा विद्याले आफूहरूको सम्बन्ध रहेको स्विकारेकी थिईन् ।
लारा दत्त–महेश भूपति :  लारा दत्त केली दोराबजीसँग डेटिङमा थिइन् । महेश भूपति श्वेता जयशंकरसँग विवाहित जीवन बिताउँदै थिए । जब लारा केलीसँग छुट्टिइन् । बजारमा हल्ला चल्यो लाराको सम्बन्ध महेशसँग छ । लाराले अस्वीकार गरे पनि केही समयपछि वैवाहिक जीवनमा बाँधिएपछि उनीहरूको सम्बन्ध रहेको पुष्टि  भएको थियो ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top