Loading...
परम्परालाई धान्न र समाजमा असल शासन मार्फत राम्रा कुराहरको अनुसरण गर्न तथा नराम्रा कुराहरुलाई परिमार्जित गर्दै असल बन्नका लागी शास्त्रले मुख्य भुमीका निर्वाह गर्छ । पहिले पहिले शास्त्रलाई नै मुख्य दिशा निर्देशकका रुपमा मान्ने गरिन्थ्यो । यद्यपी अहिले पनि शास्त्रको मूल्य र मान्यता पहिले जत्तिकै छ । शास्त्रका अनुसार हामी साना साना नराम्रा कुराको सिकार बनेका हुन्छौ । जसले हामीलाई धनि बन्न दिदैन । थाहा पाउनुहोस् ति बानी र त्यसबाट बच्ने उपाए ।
विश्वकै सबैभन्दा कान्छा शक्तिशाली नेटवर्कर दीप पटेलले आफ्नो किताब ब् एबउबभचदयथुक ाबदभि मा यस्तै केही बानीको बिषयमा बताएका छन्, जसलाई तपाईले समेत तुरुन्त त्यागिदिनुपर्ने हुन्छ । तीमध्ये यहाँ ६ आनीबानीको बिषयमा बताउन गइरहेका छौ, जसलाई धनी र सफल बन्न चाहने मानिसले आफ्नो लाइफस्टाइलबाट हटाइदिनुपर्ने हुन्छ ।
आफूलाई शंका गर्न छाड्नूू
यो सबैभन्दा नकारात्मक बानी हो, जसलाई तपाईले आफ्नो लाइफस्टाइलबाट हटाइहाल्नुपर्छ । यो बानी कायमै रह्यो भने तपाईले देखेको सपना पूरा हुनको साटो उल्टो टुट्न चाहि थाल्छ । त्यसकारण आफैंमाथि कहिल्यै शंका नगर्नुहोस् र आफ्नो नकारात्मक भावना तथा विचारलाई तर्कको आधारमा सुुल्झाउने कोशिश गरिराख्नुुहोस् ।

उपयुक्त समयको प्रतिक्षा गर्नु
यस्तो कुनै समय हुँदैन, जसलाई सही समय भनियोस् । तपाईले संभावित जोखिमको पहिलादेखि नै आँकलन गर्नुपर्ने हुन्छ, तर जुन समय तपाई पहिलादेखि नै गर्न चाहिरहनुुभएको छ त्यसका लागि कुनै समय पर्खिएर बस्नुुहुन्न । यस्तो काममा आफूलाई समय आउला र गरौंला भनेर रोक्ने भूल नगर्नुहोस् ।

नपढ्नु
नयाँ नयाँ जानकारी हासिल गर्नु एक निरन्तर प्रक्रिया हो । त्यसकारण सफल मानिस कहिल्यै पनि पढ्न छाड्दैनन् । उनीहरु पढ्छन्, मानिसहरुसँग कुरा गर्छन् र विश्वमा के भइरहेको छ भन्ने बिषयमा आफूलाई अपडेट गरिरहेका हुन्छन् ।

बोल्ने मात्र, काम चाहि नगर्ने
तपाईले बोलेर वा सोचेर मात्र हुँदैन । हावामा महल बनाएर केही हुनेवाला छैन । तपाई कहिल्यै पनि अगाडि बढ्न सक्नुुहुन्न, जबसम्म तपाईले सोचेको वा बोलेको कुरा गर्नुहुुन्न । त्यसकारण जे काम गर्छु भनेर योजना बनाउनुुभएको छ, त्यसलाई तुरुन्तै थालिहाल्नुपर्छ ।

कुनै लक्ष्य नहुुनुु
मानिसको एउटा निश्चित लक्ष्य हुन आवश्यक छ । तपाईसँग आफ्नो जिन्दगीको एक ब्लूप्रिन्ट हुनुपर्छ । यसबाट तपाईलाई लामो समयसम्म सहयोग प्राप्त हुन्छ ।

काममा फोकस नहुनु
तपाई आफ्नो काममा निरन्तर जोडिइरहनुुपर्छ । काममा जिद्धी ढंगले निरन्तर लागिरहनुुपर्छ । तपाई सफल बन्नका लागि लगातार काम गर्नुपर्छ र काममा फोकस भइराख्नुुपर्छ ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top