Loading...
ताजा खबर, काठमाण्डौं । नेपाली गीत संगीतमा चर्चित र लोकप्रिय नाम हो ‘अन्जु पन्त’ । केहि बर्ष अघि सम्म निक्कै मिडियामा छाउने अन्जु पन्त आजभोलि त्यति मिडियामा आउन मान्दैनिन । अन्जु पन्त प्राय कन्ट्रोभर्सीमा पनि परिरहने गायिका पनि हुन् ।


पछिल्लो समय गीत संगीतमै सक्रिय रहेपनि पहिला जति मिडियामा अन्जु पन्तलाई देख्न पाइदैन । तर हिजो सम्पन्न एनएफडिसी अवार्ड समारोहमा पुगेकी अन्जु पन्त आजकल मिडियामा त्यति छाउन नपाएकोले दर्शक र मिडियालाई क्षमा गरिदिनुहुन् आग्रह गरिन ।

करिब १५ मिनेटसम्म चलेको भलाकुसारीमा अन्जुले फिल्म ‘वडा नम्बर ६’को ‘सुर्के थैली’ र ‘प्रेमगीत’को ‘म यस्तो गीत गाउछु’ गीत गाउन समेत भ्याइन । सामाजिक संजालमा आफु प्रति गलत सुचना फैलाउने र फोटोहरुको दुरपयोग गर्नेप्रति पनि दुख ब्यक्त गरिन । अन्जु पन्तले कहिले काहिँ आफनै गीत सुनेर आफु नै रुने कुरा पनि ब्यक्त गरिन

Loading...

Post a Comment

Loading...

11111111
 
Top