Loading...
दसैँ, असत्यमाथि सत्यको विजय र अहिंसाको सन्देश बोकेको नाटक ‘काजी बा’को प्रदर्शन थिएटर मल, काठमाडौँ मलमा देखाइने भएको छ ।


नाटकमा दसैँका नाममा हुने गरेको सांस्कृतिक विचलनलाई कथामा समेटिएको परिकल्पनाकार दुर्गा दाहालले बताउनुभयो । दाहालले भन्नुभयो – “सत्य र असत्यको विजयका सन्दर्भमा मनाइने महान् पर्वमा हाम्रो समाजमा हुने गरेका ढोङ र अधर्मको विषय उठाउन खोजेको छ । नाटक कस्तो छ त्यो त दर्शकले मूल्याङ्कन गर्लान् ।”

नाटक निर्देशन अजय अधिकारी ‘सुशील’ले गर्नुभएको हो । नाटक आगामी शनिबार दुई चरण (दिउँसो १ र ४ बजे) मात्र देखाइने बताइएको छ ।

Loading...

Post a Comment

Loading...

11111111
 
Top