Loading...
अमेरीकाको हवाइ राज्यमा रहेको ३,९२२ हजार खुड्किला भएको यो सिढींलाइ ‘स्वर्गको सिढी’ भनिन्छ। तर यो सिढीमा चढ्न प्रतिबन्ध लगाइएको छ।

प्रतिबन्ध लगाइएपनि सुटुक्क सयौं मानिसहरु यो सिढी चढ्नको लागि आउनेगर्छन्। सुरक्षामा बस्ने गार्डबाट बच्नको लागि बिहानै सिढी चढ्ने मानिसहरु त्यहाँ पुग्ने गरेका छन्। यो क्षेत्र अत्यन्त आकर्षक छ र पहाडको टुप्पाबाट देखिने मनमोहक दृश्यको लागि मानिसहरु लुकिछिपी भएपनि यो पहाड चढ्ने गरेका छन्। यो क्षेत्र घुमिसकेपछि फर्कने मानिसहरु यहाँ फेरी आउने चाहान बोकेर फर्कने गरेका हुन्छन्।

सन् १९४२ मा अमेरिकी सेनाले यो क्षेत्रमा एन्टेना राख्नको लागि यो सिढीको निर्माण गरेको थियो। अग्लो ठाँउ खोज्दै गर्दा यो ठाँउ उपयुक्त हुने भनि सेनाहरु बिचको गुप्त सञ्चार सजिलो बनाउन यहाँ एन्टेना राखिएको थियो। अहिले यो ठाँउ अमेरिकी कोस्ट गार्डको नियन्त्रणमा छ भने २ लाख वाट क्षमताको रेडियो एन्टेना अझै पनि यो क्षेत्रमा देख्न सकिन्छ।

कंक्रिटबाट बनेको यो सिढीँ पहिले काठ प्रयोग गरेर बनाइएको थियो। मानिसहरु यो सिढीँ चढ्न वैधानिक बनाउनुपर्ने माग गर्दै आए पनि सरकारले यो सिढीँको मर्मत अनि सिढीँ चढ्न आउनेको सुरक्षार्थ धेरै खर्च हुने भन्दै आर्थिक रुपमा फाइदाजनक नहुने भनि सिढी चढ्न वैधानिक नबनाउने बताउदै आएको छ।

Loading...

Post a Comment

Loading...

11111111
 
Top