इटहरी / सुनसरीको श्रीलंका टापुबाट प्रकाशपुर ५ राजावासा आउँदै गरेको डुंगा कोशी नदीमा पल्टिदा २० जना हराइरहेका छन् । शनिबार मध्यान्ह करिव १२ः३० बजे डुंगा कोशीमा पल्टिएको बताइएको छ। करिव ४५ जना यात्रु बोक्ने क्षमता रहेको उक्त डुंगामा सवार २५ जनाको सकुशल उद्दार गरिएको छ । डुंगामा कति सवार थिए यकिन भइ नसकेको सुनसरीका एसपी पोषराज पोखरेलले जानकारी दिए ।
अहिले सम्म २५ जनाको उद्दार भएको छ । अरु कति थिए भन्ने यकिन जानकारी आइसकेको छैन घटनास्थलमा स्थानीयले पनि उद्दार गरिरहेका छन् । उद्दारको लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको एसपी पोखरेलले बताए।
Post a Comment