Loading...
आफ्नो स्वास्थ्यलाई लिएर मैले खुबै हेलचेक्र्याइँ गरेकी थिएँ । सुरुमा चेकअप गराउँदा त्यस्तो केही देखिएको थिएन । एक्स रे गराउँदा सामान्य रिपोर्ट नै आएको थियो । डाक्टरले एमआरआई गराऊ भन्नुभएको थियो, मैले वास्ता गरेको थिइनँ । यतिकै गराऊ भनेर मलाई भन्नुभएको होला भन्ठानें ।

धेरै समयपछि एमआरआई गरेको त ब्रेन ट्युमर पो भइसकेको रहेछ । रोग थाहा नहुँदै मलाई त्यस खालको लक्षण देखापरेको थियो । कार्यक्रममा गाउँदा गाउँदै कहिले कुन नोट गाउँथे कहिले कुन । नोट नै बिग्रिन्थ्यो । अब गाउन सक्दिनँ होला भनेर निकै चिन्ता लाग्थ्यो । म बेलायत थिएँ । चिसो समय थियो । चिसो भएपछि गाह्रो हुन्थ्यो । खुट्टा उठाउन सक्दिनँ थिएँ । अहिले रियाज गर्छु । भोकलमा समस्या आएको छैन । धेरैपछि ‘अलि अलि गर्दागर्दै’ गीत निकालेकी छु । मलाई आशा छ, मिडियाले मलाई पुरानो गायिकाभन्दा पनि नयाँ जस्तै प्रमोसन गरिदियोस् ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top