Loading...
अरनिको राजमार्ग आसपमासमा रहेका विभिन्न होटल, रेष्टुरा, खाजाघरहरुमा अवैध यौन गतिविधि बढेको जनगुनासो आएपछि प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी वृत जगातीले बिहीवार बेलुका पलासेँ, जगाती, चुनदेवीका विभिन्न ६ विभिन्न होटल, रेष्टुरा, खाजाघरहरुमा छापा मारी ९ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत जगातीका प्रमुख डिएसपी मित्रबन्धु शर्माको अनुसार ती स्थानबाट होटलका संचालक, म्यानेन्जरसहित ५ महिला र २ पुरुष पक्राउ परेका छन् । राजमार्ग छेउछाउका ती होटल व्यवसायीहरुले युवती राख्ने, ग्राहकको माग अनुसार बोलाउने र अन्यत्र पठाउने गरेको प्रहरीले जानकारी दिएको छ । उक्तकार्यमा संग्लन २२ वर्षदेखि २५ वर्षसम्मका युवती रहेको प्रहरीको भनाई छ । अरनीको राजमार्ग पलासेँमा रहेको ग्रिन भ्यू होटल र चुनदेबीमा रहेको जर्मन रेष्टुराबाट उनीहरुलाई पक्राउ गरिएको डिएसपी शर्माले जानकारी दिएका छन् । पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत जगातीमा राखिएको आवश्यक अनुसन्धानपछि कानुनी कारवाही गरीने प्रहरीले जानकारी दिएको छ ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top