Loading...
सुरज भुसालद्वारा निर्देशित तेस्रो फिल्म 'गाँठो' शुक्रबारदेखि नेपालभर रिलिज हुँदैछ। भुसालले यसअघि 'मौन' र 'होस्टेल रिटर्न्स्' फिल्म निर्देशन गरेका थिए। 'गाँठो'को बुधबार काठमाडौंस्थित जयनेपाल हलमा प्रिमियर गरिएको थियो।

फिल्ममा नाजिर हुसेन, अभय बराल र नयाँ अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ। प्रिमियरमा उपस्थित नाजिर र नम्रतालाई अरु फिल्मकर्मीहरुले बधाई दिए। नयाँ लुक्समा देखिएका नाजिर पारिवारिक र लभस्टोरीमा आधारित 'गाँठो'लाई सबैले मन पराउनेमा आशावादी देखिए। 'यो फिल्मको कथावस्तु केही फरक भए पनि दर्शकलाई मनपर्छ भन्नेमा म ढुक्क छु,' नाजिरले भने।

फिल्मलाई बट–वाल इन्टरटेनमेन्टले निर्माण गरेको हो। 'गाँठो'मा अनुपम शर्माले संगीत दिएका छन् भने नरेन्द्र मैनालीले छायांकनको जिम्मेवारी निर्वाह गरेका छन्। मैनालीको छायांकनलाई प्रिमियरमा फिल्म हेर्नेहरुले तारिफ गरेका थिए। फिल्मको सुटिङ पोखरा, गुल्मी र स्याङ्जा लगायत स्थानमा गरिएको थियो।
Loading...

Post a Comment

Loading...

11111111
 
Top