Loading...
कर्णालीमा सुखका फुल फल्दै फलेनन् । बदलामा दुःख वनमारा भएर झाङ्गियो । भोगिएकै कथा हो ‘चाँदीको घेरा’ । सुन खानीमा नुन खोज्ने कर्णालीको कथा हो ‘चाँदीको घेरा’ ।

नरेश भण्डारीद्वारा लिखित पुस्तक ‘चाँदीको घेरा’लाई सद्भाव: अ ग्लोरी अफ थिएटरले केही दिन देखी नाटकका रुपमा नेपाल पर्यटन बोर्डमा संचालन गरीरहेका छन् । विशेष गरी सुदुरपश्चिमका जनताहरुले भोग्नु परेको भोगाइलाई यस नाटकमा प्रस्तुत गर्न खोजीएको छ ।

चादीको घेरा नाटकलाई टिकाभक्त जिरेलले निर्देशन गरेका हुन् भने राम के.ए.सी., शिवप्रसाद अधिकारी, हेमन्त अर्याल, नीतु पोखरेल, ध्रुवसागर थापा, अमृता खनाल, महावीर विश्वकर्मा, जितेन्द्र खड्का (सिमन), रामकृष्ण तिमल्सिना (आर.के.), भीष्म जोशी, शिक्षा के.सी.,आकांक्षा जि.सी.,रिदम श्रेष्ठ (बाल कलाकार) कलाकारहरुले उत्कृष्ट अभिनय गरेको यस नाटकमा देख्न सकिन्छ ।

नेपाल पर्यटन वोर्डले भ्रमण वर्ष ०७३ को प्रबर्धनका लागी पनि यस नाटकलाई प्रदर्शनार्थ सहयोग गरेको हो । भोली सम्म चल्ने यस नाटकलाई दर्शकहरुले अझै साथ दिनेमा नाटकको समुह विश्वस्त देखिएको छ ।

Loading...

Post a Comment

Loading...

11111111
 
Top