Loading...
विश्व शान्तिका लागि धार्मिक एक्वेवद्धता भन्ने नारा सहित सेप्टेम्बर १८ तारिखमा कोरियाको सिओलमा रहेको ओलम्पिक पार्कमा दोश्रोपटक आयोजना गरिएको कार्यक्रममा विश्वका विभिन्न १३० देशका धार्मिक, राजनीतिक, कानुनविद, मानवअधिकारकर्मी, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि १००० हजार विदेशी प्रतिनिधि सहित १ लाखको सहभागिता रहेको छ ।
शान्ति महोत्सव नाम दिइएको सम्मेलनपछि गत मार्चमा तयार पारिएको युद्ध अन्त्य र शान्तिको घोषणा सम्बन्धि १० बुँदे घोषणापत्रलाई कार्यान्वयनका लागि दवाव पुग्ने अपेक्षा गरिएको छ । एच डब्लु पि एलले उक्त घोषणापत्रलाई संयुक्त राष्टसंघ मार्फत् विश्वव्यापी रुपमा कार्यान्वयन गराउनुपर्ने बताउँदै आएको छ ।
कार्यक्रममा विभिन्न देशका उच्च तहका राजनीतिक, कानुनविज्ञ तथा कानुनविदहरुले युद्धले विश्वका धेरै नागरिकहरुलाई अफ्टेरो अवस्था सिर्जना गरेकाले शान्ति प्रवद्र्धनका लागि आफ्नो क्षेत्रबाट पहल हुनपर्ने बताएका थिए । सम्मेलनको पूर्व सन्ध्यामा आयोजित प्रेस कन्फ्रेन्समा संस्थाका अध्यक्ष म्यान हि लि ले संयुक्त राष्ट्रसंघ मार्फत् युद्ध अन्त्य र शान्तिको घोषणा हुनुपर्नेमा जोड दिनुभयो ।
वहाँले आफू कोरियामा भएको सशस्त्र द्वन्दको भुक्तभोगी भएको भन्दै युद्धले कसैलाई पनि फाइदा नहुने उल्लेख गर्नुभयो । त्यस्तै इन्टरनेशलन पिस वुमन ग्रुपकी अध्यक्ष न्याम हि किमले विश्वका सबै महिलाहरुले शान्तिको आवाज बुलन्द पार्नुपर्ने वताउनुभयो । साथै वहाँले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शान्तिका बारेमा प्रशिक्षित गराउनुपर्ने बताउनुभयो ।
Loading...
Post a Comment