Loading...
अमेरिकाको न्युयोर्क सिटीमा बिस्फोट भएको छ । बिस्फोटनमा परि कम्तिमा २५ जना घाइते भएको अमेरिकाको अग्नी विभागलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

americia
न्युर्योकको म्यानहटनमा बिस्फोट भएको हो । बिस्फोटको कारण अहिलेसम्म थाहा नभएको सरकारी अधिकारीले बताएका छन् । नेपाली समय अनुसार बिहान पौने तीन बजे विस्फोट भएको हो । न्युजर्सीमा पाइप बम बिस्फोट भएको केही घण्टा भित्रै न्युर्योकमा विस्फोट भएको हो ।
समाचार संस्था रोयटर्सले घाइतेलाई अस्पताल लगिएको जनाएको छ । डस्टबिनमा राखिएको बिस्फोटक पदार्थ विस्फोट भएको सरकारी अधिकारीले आशंका गरेका छन् । प्रत्यक्षदर्शीले बिस्फोटको आवाज परसम्म सुनिएको बताएका छन् ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top