Loading...
भूकम्पपछि पुनःनिर्माणको काम धमाधम हुन थालेपछि अब बन्ने घरलाई भूकम्पीय जोखिमबाट मुक्त गराउने उद्देश्यले गाउँगाउँमा सञ्चालन गरिएको भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी निःशुल्क दुई महिने तालिम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले जिल्लाको नगरकोट नगरपालिकामा १० वटा वडाका डकर्मी, चाँगुनारायण नगरपालिकाका आठवटा वडाका डकर्मी र अनन्तलिङ्गेश्वर नगरपालिकामा दुईवटा वडाका गरी २३७ जना डकर्मीलाई तीन–तीन चरणमा तालिम दिएर सक्षम बनाइएको शाखाका सभापति मनोज थापाले जानकारी दिनुभयो ।

तालिम सञ्चालन गर्नका लागि भक्तपुरमा मात्र रु १३ लाख २७ हजार २०० खर्च गरिएको उहाँले जानकारी दिनुभयो । थापाले भन्नुभयो ˗ “भूकम्प फेरि पनि नआउला भन्न सकिन्न, अब बन्ने घर तथा भवन भूकम्प प्रतिरोधी हुनु जरुरी छ, त्यसैले रेडक्रसले भूकम्पबाट अति प्रभावित १४ वटै जिल्ला र लमजुङ तथा तनहुँमा गरी १६ वटा जिल्लाका डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम सञ्चालन गरेको हो, त्योअन्तर्गत भक्तपुरका तीनवटा नगरपालिकाको तालिम सम्पन्न भएको छ ।”

सहरी विकास तथा भवन निर्माण विभागले निर्धारण गरेको पाठ्यक्रमका आधारमा डकर्मीको सीप वृद्धि गरेर भूकम्प प्रतिरोधी घर बनाउन सक्ने बनाइएको सभापति थापाले बताउनुभयो ।

Loading...

Post a Comment

Loading...

11111111
 
Top