Loading...
१. सन् २०१० मा अफगानिस्तानमा गोर्खाली सैनिक दिपप्रसाद पुन एक्लैले ३० तालिबानी लडाकुको एक चिहान बनाए । उनी चेकपोइन्टको छतमा बसेर ड्युटी गरिरहेका थिए । ठीक त्यहीबेला तालिबानीले एके फोर्टी सेभेन, ग्रिनेड जस्ता घातक हतियारसहित चारैतिरबाट धावा बोले । दिपप्रसादलाई मार्न तालिबानीहरू छतमा चढ्न खोजे । तर उनले आफूसँग भएको १७ ग्रिनेड, ४ सय राउन्ड गोलीले ३० जना तालिबानीलाई एक एक गरी भुइँमा बजारी दिए । पुनको बहादुरीलाई बेलायतमा उच्च बहादुरीका लागि दिइने भिक्टोरिया क्रसबाट सम्मान गरियो ।

२. सन् २००८ मा गोर्खा सैनिकको एक टोली अफगानिस्तानमा एम्बुसमा प¥यो । घटनामा युवराज राई नराम्ररी घाइते भए । क्याप्टेन गजेन्द्र आङदाम्बे, राइफलम्यान धन गुरुङ र मञ्जु गुरुङले युवराजलाई ३२५ फिटमाथि खुला स्थानमा बोकेर पु¥याए । टोलीका एक गोर्खाली भने घाइते युवराजको र आफ्नो राइफल बोकेर शत्रुसँग लड्न फर्किए ।

३. सन् १९४५ मा राइफल म्यान लक्ष्मण गुरुङ दुई साथीहरूसँग आफ्नो मोर्चामा थिए । त्यहीबेला २ सय जापानी सेनाले फायर खोलिदिए । गुरुङका दुवै साथी नराम्रोसँग घाइते भए । जापानी सेनाले गुरुङको सानो समूहमा ग्रिनेड फ्याक्न थाल्यो । गुरुङले सुरुका दुईवटा ग्रिनेड जापानी सेनाकै समूहमा फर्काइदिए । तर जब तेस्रो ग्रिनेड फकाउन खोजे, त्यो गुरुङको दाहिने हातमा विस्फोट भयो । विस्फोटमा गुरुङका औलाहरू, दाहिने पाखुरा र अनुहारमा गहिरो चोट लाग्यो । त्यसपछि जापानी सेना गुरुङकै शिविरमा अघि बढ्यो । तर गुरुङले देब्रे हातले राइफल चलाएर ३१ जापानीलाई मृत्युको घाटमा पु¥याइदिए । त्यसपछि बाँकी जापानीले अघि बढ्ने हिम्मत गरेनन् ।

४. भानुभक्त गुरुङ एक त्यस्ता योद्धा थिए, जसले दोस्रो विश्वयुद्धमा एक्लैले बर्मामा जापानी सेनालाई हायलकायल पारेका थिए । जापानी सेनाको सबैजसो बंकर एक्लैले कब्जा गर्ने भानुभक्तलाई पनि भिक्टोरिया क्रसबाट सम्मान गरिएको थियो । भानुभक्तको प्लाटुनमा जब १० जना मात्रै थिए, त्यहीबेला जापानी सेनासँग घमासान युद्ध भयो । भानुभक्तको प्लाटुनलाई जापानीहरूले राइफल, ग्रिनेड, मोर्टारले प्रहार हुन थाल्यो । केही लुकेर प्रहार गर्नेहरूले पनि गरे । भानुभक्तले पनि एक रुखमा लुकेर जापानी सेनाको बंकरमा गोलाबारुद वर्षाउन थाले । आफ्ना अन्य साथीहरूकै अगाडि उनी बंकरमा अगाडि बढे । दुईवटा ग्रिनेड प्रहार गरेर जापानीको हौसलामा क्षतविक्षत पारिदिए । आफ्नो खुकुरीले दुई जापानी सत्रुको गर्दन छिनाए । अर्को एकलाई ढुंगाले हिकाएर समाप्त पारिदिए । फेरि आक्रमणमा उत्रेका तीन जापानीलाई उनले गोलीको निसाना बनाए ।
३० तालिवानसँग एक्लै लडेर बहादुरिता प्रदर्शन गर्ने यी गोरखाली सेना

५. बेलायती सेनामा गजे घलेको ठूलो ख्याति छ । सन् १९४३ मा बर्माकै लडाइँमा जापानी र बमेली सेनाको अखडा कब्जा गर्न दुई पटक गोर्खा सैनिक असफल भइसकेको थियो । तेस्रो पटकका लागि घलेलाई जिम्मेवारी दिइयो । तर घले आफै घाइते थिए । उनको पाखुरा र खुट्टामा चोट थियो । तर पनि उनले आफ्ना दुश्मनहरूलाई एक एक गरी सिध्याए । त्यो बहादुरीस्वरूप बेलायतले गजे घलेलाई भिक्टोरिया क्रसले सम्मान गर्यो ।

६. गोर्खालीको बहादुरी देखेर बेलायतका एक कर्णेल नै एकपटक कायल भएका थिए । सन् १९४३ मा जर्मन सेनाविरुद्ध ट्युनिसियामा युद्ध छेडियो, त्यसबेला गोर्खाली सेनाको नेतृत्व कर्णेल जोन पिटरले गरेका थिए । युद्ध चर्किंदै गयो । दोहोरो हानाहानमा गोर्खाली सेना खुकुरी लिएर मेसिनगन चलाइरहेका जर्मन सेनामाथि जाइलागे । युद्धमा कर्णेल जोन पनि घाइते भए । तर युद्ध नजिति उपचार गर्दीन भनेर अडान लिए । अन्ततः युद्ध जिते । कर्णेल जोनले पनि ठूलो सम्मान पाए ।

७. सन् २०११ मा ३५ वर्षका रिटायर्ट गोर्खा सैनिक विष्णु श्रेष्ठ भारतमा रेल यात्रा गरिरहेका थिए । डाकाहरूले रेल बाटोमै कब्जा गरे । त्यसपछि डाकाहरूले यात्रुका सबै रुपैयाँ, गहना लुट्न थाले । विष्णु निहत्था थिए, तर उनको साथमा एउटा खुकुरी चाहिँ थियो । विष्णुले आफ्नो खुकुरी झिकेर डाकाहरूमाथि एक्लै जाइलागे । उनले तीन भारतीय डाकालाई मुला काटेझै काटेर सिध्याइदिए । आठजनालाई उठ्नै नसक्ने गरी मुर्छित पारे । जबक डाकाहरूसँग खुडा, तरबार र पेस्तोलसमेत थियो । तीनजनालाई काटे पछि बाँकी डाका भागे । त्यो घटनामा रेलका महिलाहरूलाई बलात्कारबाट समेत विष्णुले जोगाए ।

८. इन्डोनेसियाको बोर्नेओमा सन् १९६५ मा तनाव बढिरहँदा क्याटेन रामबहादुर लिम्बुले तीनपटक शत्रुको किल्लामा आक्रमण गरे । पहिलो आक्रमणमा धेरै गोलाबारी भयो । सो क्रममा दुई गोर्खाली सैनिकलाई गोली लाग्यो । एकको मृत्यु नै भयो । धेरै घाइते भए । सत्रुपक्षले फाइदा लिनुअघि नै लिम्बूले ग्रिनेड प्रहार गरे । उनी एक्लैले ग्रिनेड प्रहार गर्दै शत्रुहरूलाई युद्धमैदानबाट सय यार्ड पर धकलिदिए । त्यसपछि लिम्बूले आफना घाइते साथीहरूलाई गोलाबारीबीच बोकेर सय यार्ड वर सुरक्षित स्थानमा ल्याए । उनको त्यो साहसलाई सम्मान गर्दै बेलायतले भिक्टोरिया क्रस दियो ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top