Loading...
अब जीवनले जोयालाई लिएर फिलिपिन्स बाट नेपाल मात्र फर्किनुपर्छ । त्रिभुवन विमानस्थल झर्ने बित्तिकै हजारौं स्वागतार्थी र पत्रकार, टेलिभिजनकर्मी विमानस्थलको गेटमा उभिनेछन । हुट नभएको जीपमा जीवन र जोयालाई चढाएर सिन्दुरे जात्रा गर्दै उपत्यका परिक्रमा हुनेछ । सायद रोमियो जुलियटको स्मरण गर्दै त्यही दर्जा दिइनेछ । हिर राँझाको प्रेम र मुना मदनको कथा स्मरण गरिनेछ । शनिवार परेन भने स्कुल भन्दा कलेज प्रभावित हुनेछ । कलेज बंक हुनेछ ।
एक दुई हप्ता अब कुनै पनि दलका नेताहरुले फेसबुकमा सत्तोसराप सुन्नु पढ्नु पर्दैन । जोया र जीवन नेपाल झरेपछी फेसबुकमा कुर्लने भेलबाढीहरु चितवन प्रमुख जिल्ला अधिकारी, आदर्श महिला समाज लगायत अन्यलाई गाली गर्ने तर्फ चितवन केन्दृत हुनेछन ।
: Rabi Roshi को फेसबुक बाट साभार :
Loading...

Post a Comment

Loading...

11111111
 
Top