Loading...
रोयल ब्रुनाई एयरलाइन्सका तीन महिला पाइलटले नयाँ इतिहास कायम गरेका छन् । ब्रुनाईको राष्ट्रिय दिवसका अवसरमा महिलाले ब्रुनाईबाट साउदी अरबको शहर जेद्दाहसम्मको उडान भरेको छन् ।

बोइङ ७८७ ड्रिमलाइनरको उडान भरेका ती महिला पाइलटहरुमा शरीफा सेजेरेना, सारियाना नोर्दिन र नादिया पिजी खाशेयाम रहेका छन् ।

साउदी अरबमा महिलालाई ड्राइभिङ गर्न प्रतिबन्ध लगाइएको छ । यसर्थ त्यहाँ महिलाले कार चलाउन सक्दैनन् । महिला माथि यस किसिमको प्रतिबन्ध लगाउने संसारको एक मात्र मुलुक साउदी अरब रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दिलचस्पी कुरा यो हो कि ब्रुनाईका ति महिला पाइलटले विमान त जेद्दाह लगे तर विमानस्थलबाट बाहिर निस्किन भने कार चलाउन पुरुष चालकको आवश्यक परेको थियो ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top