Loading...
पछिल्ला केही दिनदेखि बलिउड नायिका श्रद्धा कपुरको बिषयमा गसिप सार्वजनिक भइहेको छ । श्रद्धाले घर छाडेर आफ्नो प्रेमी फरहान अख्तरको घरमा बस्दै आएको खबर सार्वजनिक भएसँगै यससँग सम्बन्धित अन्य घटना पनि भारतीय सञ्चारमाध्यमहरुले बाहिर ल्याएका छन् ।

श्रद्धा एक सातासम्म फरहानको घरमा बसेपछि उनलाई लिन पिता शक्ति कपुर फरहानको घरमा पुगेको खबर बाहिरिएको छ । यी खबरलाई खण्डन् गर्दै अभिनेता शक्तिले यो सबै गलत समचार भएको बताए ।

‘कलाकार भइसकेपछि यस्ता खालका हल्ला आउनु सामान्य नै हो’, नायिका श्रद्धा भन्छिन्, ‘तर, यी सबै खबर गलत हुन्, यस्ता कुराले मलाई खासै फरक पार्दैन ।’

गलत समाचार सम्प्रेषण गर्ने र त्यसमा पनि परिवारलाई नै जोड्नु झनै गलत भएको भन्दै उनले बाबु–आमाको नाम प्रयोग गरेर गलत समाचारमा नरमाउन भारतीय सञ्चार माध्यहरुलाई भनेकी छिन् ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top