Loading...
भेनेजुएलाको एमाजोनस् राज्यको पुएर्टो एयाकुचो र ला इस्मेराल्डाबीच उडिरहेको एक सैनिक हेलिकोप्टर गत डिसेम्बर ३० मा दुर्घटनाग्रस्त भएको स्थानीय सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् ।

युनियन रेडियो नामक स्थानीय सञ्चार माध्यमका वरिष्ठ अधिकारी लिबोरिओ गुआरुल्लासँग लिएको एक टेलिफोन अन्तर्वार्तामा उडीरहेकै अवस्थामा हेलिकप्टर खसेको बताएका छन् । हेलिकोप्टरमा दुर्घटना भएको पुष्टि भएता पनि यसमा सवार रहेका आठ जना सुरक्षाकर्मी, पाँच सर्वसाधारण सहित १३ जनाको अवस्था अज्ञात भएको जनाइएको छ ।

दुर्घटना हुनेवित्तकै स्थानीय समुदायको सहभागीतामा खोजी कार्य सुरु गरिएको थियो । गुआरुल्लाका अनुसार विमान के कसरी दुर्घटना भयो भन्ने बारेमा विस्तृत विवरण थाहा नभएको तर उडिरहेको विमाान खसेकोसम्म पुष्टि भएको बताएका छन । उनले आफुहरु आधिकारीक जानकारीको प्रतिक्षामा रहेकोसमेत बताएका  छन ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top