Loading...
विराटनगरबाट आफ्नै जिप लिएर मुक्तिनाथ यात्रामा निस्केका जयेश बोहोराले पोखरा आइपुगुन्जेल पनि इन्टरनेटमा हिमालपारिको जिल्लाको सडकमार्गको अवस्था ‘सर्च’ गरिरहेका थिए । पोखरा बस्ने साथीभाइसँग आफ्नै गाडीबाट जान सजिलो अप्ठ्यारोबारे जानकारी लिइरहे । बेनीबाट घाँसा, मार्फा, जोमसोम र त्यहाँबाट मुक्तिनाथ अनि छुक्साङ पुगेर आनन्दले दुई रातको बसाइपछि पोखरा फिरेका उनले भने, ‘अब मेरा साथीहरू धेरैजना यताको यात्रामा आउनेछन् ।’ यही यात्रामै रहेका विराटनगरका सुकुमार सेनले पनि कोलकातामा रहेका भाञ्जालाई मुस्ताङ आउजाउका फोटा ‘ह्वाट्स एप’ मा पठाएँ । ‘मैले अब भाञ्जालाई घुमाउन नल्याई नहुने भयो,’ उनले भने, ‘यति सजिलो यात्रा होला भन्ने सोचेकै थिइनँ ।’
Loading...

Post a Comment

Loading...

11111111
 
Top