Loading...
राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवसायीको प्रभावमा सरकारले चुरे क्षेत्रबाट गिट्टी, ढुंगा र बालुवालगायतका निर्माण सामाग्री उत्खनन् गरि नदीजन्य पदार्थ निकासी फुकुवा गर्ने गृहकार्य गरिरहेकोप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायलाई त्यसो नगर्न सचेत गराएकी छन् । 
सरकारले चुरे क्षेत्रको अत्याधिक दोहन भएको भन्दै २०७१ साउनदेखि गिट्टी, ढुंगा र बालुवालगायतका निर्माण सामग्री निकासी रोकेको थियो । तर वनमन्त्री शंकर भण्डारी र वातावरण मन्त्री जयदेव जोशीको सक्रियतामा प्रधानमन्त्री पुष्पकमल दाहालसहित मिलेर यसअघिको निर्णयलाई उल्टाउने प्रस्ताव मन्त्रीपरिषद्मा अन्तिम चरणमा रहेको अवस्थामा राष्ट्रपति भण्डारीले बिहीबार आफ्नै निवासमा सम्बन्धित सबै सरोकारवाला निकाय र विज्ञहरुलाई बोलाएर दोहन नगरी संरक्षणमा ध्यान दिन आग्रह गरेकी हुन् । 


Loading...

Post a Comment

Loading...

11111111
 
Top