Loading...
स्थानीयका मोबाइलमा एकसाथ एसएमएस बर्सियो । छिनमै साइरन बज्यो । गाउँलेहरू जर्‍याकजुरुक उठेर आगो बाले । अनि टिन ठटाउन थाले । यति बेलासम्म डल्लास्थित निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेना र कर्मचारी पनि तम्तयार भइसकेका थिए । र, यो तयारी थियो, गाउँ पस्ने जंगली हात्तीको बथानबाट जनधन सुरक्षा गर्ने ।

गत बिहीबार साँझ ८ बजे सूर्यटुवास्थित पत्थरबोझी गाउँतिर लम्कँदै थिए जंगली हात्ती । ३५–४० मिनेट परैबाट यो संकेत पाएपछि सबैले सावधानी अपनाइहाले । सेनाले हवाई फायर गर्दै हात्तीलाई फेरि जंगलतिरै फर्काइदियो ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top