Loading...
हामीसंग २ वटा बाटो छ । एउटा यो देश यस्तो हो भनेर चुपचाप बस्ने र आफ्नो जोहो गर्ने । दोस्रो यो देश यस्तो हुनुहुदैन भनेर कम्तीमा पनि आवाज उठाउने । मैले नबुझेको एउटा कुरा, सतिले सरापेको देश भनेर चरम निराशा फैलाइएको त हामी सबैलाई थाहा छ । तर एकछिन सोचौँ त , सतिले यो देशको कहिल्यै भलो नहोस भनेर सरापिन होला त ? एउटा जेनेरेशन ले भन्यो,अर्को जेनेरेशनलाई पास ग¥यो र कण्ठ गरेको यो दृष्टान्त अझै कति जेनेरेशनले कति युग सम्म भनिरहने हो, भगवान जाने । आउनुहोस आज सतिको सरापलाई रिभीयु गरौँ । असल,स्वाभिमानी,कर्मठ र विकास प्रेमी आफ्ना पति भिमसेन थापाको हत्या भयो । जसको चोट सहन नसकी,रिस,पिडा र वेदनाले पतिकै चितामा जलेर सतिले आत्मदाह गरीन र उनले भनिन् असल काम गर्नेको यो देशमा कहिल्यै भलो नहोस् । कुरा यत्ति हो । सतिले यो देशलाई सरापेकी होइनन् । त्यो त उनको फ्स्टेशन थियो र असल मानिसलाई काम गर्न नदिने हाम्रो प्रवृती प्रतिको प्रहार थियो । त्यस बेला देखी आजसम्म पनि हामी गलत काम गरी रहेका छौँ र त घुसखोर,बेइमान,कपटी,जाली र फटाहाहरु समाजमा मोज मस्ती र शानको आरमदायी जिवन बाँचिरहेका छन् । हामी, खराब प्रवृत्तिमा पैसा कमाइन्छ भनेर आफै सहभागि हुने अथवा गलत प्रवृत्तिको बिरोध नगर्ने, अनि सतिले सरापेको देश भन्दै कुर्लने हो भने स्थीतीमा कहिले पनि सुधार आउँदैन । निती नियमको पालन गरौँ । अर्कालाई मारेर आफ्नो पेट भर्न छोडौँ ,कुर्कम गरेर सम्पत्ती आर्जन नगरौँ अनि गलत कार्यको भण्डाफोर गर्न निडर भएर लागौँ । सतिले सरापको देश आँफै एक्सपायर हुन्छ । फेरीपनी भन्छु ,सतिले यो देशलाई कहिले पनी सरापेकी छैनन,उनको असन्तुष्टि र चित्त्त दुखाई त्यती बेलाका गलत मानिस र गलत प्रवृत्तीसँग थियो । त्यसैले अब सतिको सरापको बहाना बनाएर यो मुलुकलाई गरिबका गरिब राख्ने दुस्प्रयास नगरौँ । असक्षमहरुले भोली विहान अफिस खुल्नासाथ राजिनामा दिए हुन्छ । सक्षम जनशतिहरु पासर्पोट फ्याकेर विश्व प्रतिस्प्रदासँगै यो देश हाक्न तयार छन् । अन्तिम पटक भन्न चाहान्छु, यो देशलाई सतिले सरापेकी हैनन ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top