Loading...
डोनल्ड ट्रम्पलाई सत्ता सुम्पिएपछि अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा आफ्नो शौख पूरा गरिरहेका छन् । केहि दिन अघि उनी आफ्ना अर्बपती साथी रिचर्ड ब्रेन्सनसँगै उनको द्वीप मसकिटो आइल्याण्डको नेकर तटमा भेटिएका छन् । ओबामाको छुट्टीबारे रिचर्डले आफ्नो ब्लगमा पूर्व राष्ट्रपति ओबामा र उनकी श्रीमती मिशेलले बेलायतको भर्जिन आइल्याण्डमा केही दिन बिताएको जानकारी दिएका छन् । राष्ट्रपति बन्नुभन्दा पहिले उनी सर्फिङ गर्न हवाई आइल्याण्ड गएको उनले आफूलाई जानकारी दिएकोसमेत उनले उक्त ब्लगमा लेखेका छन् । ओबामालाई उद्धृत गर्दै रिचर्ड लेख्छन्, ‘जब म सर्फिङ गरेर फर्किएको थिएँ तब मलाई मेरो सुरक्षा अधिकारीले यो पछि तपाईं वर्षौंसम्म सर्फिङ गर्न पाउने छैनन् । ’ पछिल्लो आठ वर्षमा न ओबामाले सर्फ गर्न सके न त पानीमा खेलिने खेलको मजा नै लिन सकेका थिए । यसै वर्ष जनवरीमा राष्ट्रपतिको कार्यभार सुम्पिएपछि ओबामाले आफ्नो परिवारलाई धेरैभन्दा धेरै समय दिइरहेका छन् । ओबामा र उनकी श्रीमती मिशेलले केही दिन ब्रेन्सनसँगै उनको आइल्याण्डमा बिताए ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top